PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

निहारिकाको कथासंग्रह 'हवन' अडियो बुकमा, दृष्टिविहीनलाई नि:शुल्क वितरणको तयारी



पहिलोपोस्ट

निहारिकाको कथासंग्रह 'हवन' अडियो बुकमा, दृष्टिविहीनलाई नि:शुल्क वितरणको तयारी

काठमाडौं : नीलम कार्की निहारिकाको कथासंग्रह 'हवन'को अडियो बुक बजारमा आएको छ। दृष्टिविहीनहरुलाई लक्षित गरी बुलबुल पब्लिकेशनले अडियो बुक निकालेको हो। २०६२ मा प्रकाशित कथासंग्रहको दोस्रो संस्करण पनि बुलबुलले प्रकाशनमा ल्याएको छ।
 
अच्युत घिमिरे ‘बुलबुल’को वाचन रहेको अडियो बुक 'हवन' दृष्टिविहीन श्रोताका लागि पब्लिकेशनले निःशुल्क वितरणको व्यवस्था पनि गरिरहेको छ।
 
अमेरिकामा सन् १९३१ मा दृष्टिविहीनलाई लक्षित गरी बुक फर ब्लाइन्ड अर्थात् टकिंग बुकको रुपमा अडियो बुकको सुरुवात भएको थियो। सन् १९७४ मा अडियो बुक नामकरण भए पनि सन् १९९४ मा अडियो पब्लिसर एसोसिएशन स्थापना भएपछि व्यवस्थित र मापदण्ड अनुरुप अडियो बुक प्रकाशित हुँदै आएको छ।
 
'हवन'मा १४ कथाहरु संगृहीत छन्। घर, परिवार, समाज साथै महिला र बालबालिकाको हकहितका कुराहरु मिठो शैलीमा प्रस्तुत गरिएको कथाको भाषा सरल छ।
 
नेपाली साहित्यका कृतिहरु दृष्टिविहिन पाठकसम्म पुर्‍याउने उद्देश्यले अन्य केही साहित्यिक कृतिहरुलाई पनि चाँडै अडियो बुकका रुपमा प्रकाशन गर्ने घिमिरेले बताए। 'हवन' पुस्तकको मूल्य २४० र अडियो बुकको २०० रुपैयाँ रहेको प्रकाशनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell