PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

पर्वतको चुवामा फेला पर्‍यो तीन सय मिटरको गुफा, भित्र देखिन्छ देवीदेवताको आकृति



पहिलोपोस्ट

पर्वतको चुवामा फेला पर्‍यो तीन सय मिटरको गुफा, भित्र देखिन्छ देवीदेवताको आकृति

फलेवास (पर्वत) : पर्वतको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ। चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ।
 
बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीय मुगा पोखरेलले बताए। झन्डै ३०० मिटर लामो उक्त गुफाभित्र विभिन्न देवीदेवताका आकृति, बगेको पानी र अन्य मनमोहक दृश्य देखिन्छ। गुफा संरक्षणका लागि स्थानीय विष्णु पोखरेलको अध्यक्षतामा लालेश्वर गुफा संरक्षण समिति गठन गरिएको छ।
 
स्थानीयवासीले हालै श्रमदान गरेर गुफाको भित्री भाग र बाहिरी भागसमेत सरसफाइ गरेका छन्। अहिले गुफासम्म जाने गोरेटो बाटोसमेत निर्माण गरिसकिएको स्थानीयवासी खिमलाल पोखरेलले जानकारी दिए।
 
गुफाको प्रचारप्रसार र प्रवर्द्धनन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ। पोखरा–बागलुङ राजमार्गभन्दा झन्डै एक किलोमिटरको दुरीमा रहेको उक्त गुफाको विकासका लागि आवश्यक सहयोग गर्न स्थानीयवासीले माग गरेका छन्।
 
पर्वतको देउपुर गाविसमा पनि केही महिनाअघि नयाँ गुफा फेला परेको थियो। यसबाहेक गुप्तेश्वर, अलपेश्वर गुफा धार्मिक र पर्यटकीय हिसाबले मुलुकभरि नै प्रसिद्ध मानिन्छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell