PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

१० वर्षमा २१ प्रतिशत गरिबी घटाउने गुरुयोजना बुझ्दै प्रचण्डले भने- 'क्याबिनेटमा छलफल गर्छु'



पहिलोपोस्ट

१० वर्षमा २१ प्रतिशत गरिबी घटाउने गुरुयोजना बुझ्दै प्रचण्डले भने- 'क्याबिनेटमा छलफल गर्छु'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी कर्णाली विकास आयोगका पदाधिकारीहरुले 'कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका' प्रस्तुत गरेका छन्।
 
आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेलको नेतृत्वमा शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको टोलीले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएको हो। यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवर्द्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली विकासका प्रमुख चुनौतीको रुपमा रहेको बताउँदै अध्यक्ष पौडेलले गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताए।
 
गुरुयोजना बुझ्दै प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेर मन्त्रिपरिषद बैठकमा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजना कार्यान्वयनका लागि मन्त्रालयलाई प्राथमिकतामा राखेर योजना कार्यान्यवन गराउने प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell