PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपालको तेस्रो हार, पाकिस्तानसँग १० विकेटले पराजित



पहिलोपोस्ट

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपालको तेस्रो हार, पाकिस्तानसँग १० विकेटले पराजित

काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड वर्ल्डकप क्रिकेटमा नेपालले तेस्रो हार बेहोरेको छ। 

लगातार दुई हारपछि विहिबार दक्षिण अफ्रिकालाई हराउँदै पहिलो जित हासिल गरेको नेपाल शुक्रबार पाकिस्तानसँग १० विकेट पराजित भएको हो। 

नेपालले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले ७.५ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। पाकिस्तानको जितमा ओपनरद्वय मती उल्लाह र रिअसात खानले अर्धशतक पुरा गरे। उललाहले ३५ बलमा नटआउट ५० रन बनाए भने २५ बल खेलेका खानले ५६ रन जोडे।

यसअघि दिल्लीस्थित डिडिएमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा  ८ विकेट गुमाउँदै ११६ रन बनायो। नेपालको लागि सुनिल राना मगरले सर्बाधिक ४० रन बनाए। यस्तै रमेश बहादुर बानियाले १५ तथा लोकबहादुर थापाले १० रन बनाए भने पदम बहादर बदाइला १० रनमा नटआउट रहे। नेपालले अतिरिक्रबाट २९ रन पाएको थियो। पाकिस्तानका साना उल्लाह खानले २ विकेट लिए।

नेपाल पहिलो खेलमा अष्ट्रेलिया तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दक्षिण अफ्रिका माथि जित हात पारेको थियो। 
नेपालले शनिबार आफ्नो पाँचौ खेलमा वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फेब्रुअरी १२ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell