PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

​कांग्रेस नेताहरुको दावी : अब हुने निर्वाचन पार्टीको पक्षमा



पहिलोपोस्ट

​कांग्रेस नेताहरुको दावी : अब हुने निर्वाचन पार्टीको पक्षमा

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले अब हुने निर्वाचन पार्टीको पक्षमा हुने दावी गरेका छन्। संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अनिवार्य रहेको र यसको नेतृत्व पार्टीले गर्नुपर्ने बताउँदै उनीहरुले अब हुने निर्वाचनमा मतदाताले दोस्रो संविधानसभाको निर्वाचनमा झै कांग्रेसलाई नै मत दिने दावी गरेका थिए।

पार्टीको भ्रातृ सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको दुई दिने राष्ट्रिय परिषद् बैठकमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन पार्टीका लागी अनुकुल रहेको दावी गरे।

उनले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नरहेको र अहिलेको अवस्थामा निर्वाचनमा जानु पार्टीका लागी समेत अनुकुल रहेको बताएका हुन्।

एक वर्षभित्र तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेको र संविधान कार्यान्वयनका पार्टीले नै नेतृत्व गर्नुपर्ने बताएका हुन्। उनले कार्यक्रममा स्थानीय निकायको निर्वाचनमा जित्ने व्यक्तिलाई मात्र टिकट दिइने पनि बताए।

महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि एक वर्षभित्रमा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीलाई पूरा गर्न पार्टी तयार रहेको बताएका थिए।
राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell