PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

बिच्किएको मोर्चा नेता फकाउन प्रधानमन्त्रीको चिया निम्तो



रमेश वाग्ले

बिच्किएको मोर्चा नेता फकाउन प्रधानमन्त्रीको चिया निम्तो

काठमाडौः निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको निर्णयसँगै बिच्किएको मधेसी मोर्चाका नेताहरुलाई सम्झाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बालुवाटारमा डाकेका छन्।

सरकारले छलफलनै नगरी आयोगलाई पत्र पठाएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्ने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्डले मोर्चामा रहेका ७ दलका नेतालाई छलफलका लागि ४ वजे बालुवाटारमा बोलाएका हुन्। बैठकमा सत्ताधारी दलका नेता र मोर्चाका नेताविच छलफल गर्ने तयारी छ।
मधेसी मोर्चा बैठकप्रति आशावादी देखिएको छैन।

बैठक राख्ने तर भएको सहमती पालना नगर्ने भन्दै मोर्चाको नेताहरुले आज हुने बैठक चियामै सकिने आशंका गरेका छन्। उनीहरुले बैठकमा 'सधैं वार्ता मात्र गरिरह्ने कि समस्या समाधान पनि गर्ने?' भन्दै प्रश्न सोध्ने तयारी गरेका छन्।

मोर्चाका नेताले अघिल्लो बैठकमा 'समस्या समाधानका लागि भन्दा मैले प्रयास गरेको छु भन्ने देखाउन मात्र प्रधानमन्त्रीले बैठक राख्ने गरेको आरोप लगाएका थिए।

'आज प्रधानमन्त्रीलाई तपाई कुरा मात्र गर्ने काम नगर्ने हो भने हामी आफ्नो सेड्युलमा फर्कन्छौ हैन भने समयमा परिणाम दिनुहोस् भनेर भन्छौ,' तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले भने, ' कुरा मात्र सुनेर सन्तुष्ट हुने अवस्था छैन।'

शुक्लले प्रधानमन्त्रीले समस्या समाधानका लागि सकारात्मक कुरा गरे पनि काम नभएको भन्दै स्पष्ट जवाफ मागेर अघि बढ्ने तयारीमा मोर्चा रहेको सुनाए।

'संविधान संशोधन नभए मोर्चा चुनावमा जाँदैन'

शुक्लले सरकारले संविधान संशोधन नगरी चुनाव गराउन नसक्ने र मोर्चाले सहयोग नगर्ने बताए। 'अहिले त निर्वाचन आयोगलाई सरकारले चुनावको तयारीमा लाग्न मात्र भनेको छ, हामी निर्वाचन हुनुपर्छ भन्ने पक्षमा छौ,' शुक्लले भने,  'तर जवसम्म संविधान संशोधन हुँदैन तवसम्म कुनै पनि प्रकारको चुनाव पनि हुँदैन/मोर्चाले स्वीकार गर्दैन।'

संसद्मा संशोधन प्रस्ताव फेल भए के हुन्छ त ?  

शुक्ल भन्छन् , 'मधेसमा पाँच दर्जन मान्छेले ज्यान गुमाएको संसदमा कानुनी घोडा दौडाउनका लागि हैन परिणाम आउनुपर्यो।' शुक्लले मोर्चाका नेताहरुले प्रधानमन्त्रीसँगको बैठक पनि यही भन्दै आएको र मोर्चा अडानमा कायम रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell