PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बिज्ञापन ​क्लिक गरेको भरमा पैसा कमाउने लोभमा पर्दा ७ लाख ब्यक्ति ठगिए



पहिलोपोस्ट

बिज्ञापन ​क्लिक गरेको भरमा पैसा कमाउने लोभमा पर्दा ७ लाख ब्यक्ति ठगिए

कंप्यूटर अगाडि बसेर क्लिक गरेकै भरमा पैसा कमाउनुस् ! एक क्लिक वापत ५ रुपैंया आम्दानी पक्का ।
यस्तो सहज स्किम आउँदा नलोभिने को होला र !

यसका लागि सोशलट्रेडडटबिज नामको सोशल पोर्टलमा ५ हजार देखी ५० हजार भारतीय रुपैया तिरेर सदस्य बन्नुपर्थ्यो। सदस्य शुल्कको आधारमा क्लिक संख्या तोकिएको थियो र त्यसैको आधारमा पैसा आउथ्यो।

जस्तो हजार तिरेर सदस्य बने दैनिक १०  लाइक, ५० हजार तिरेर सदस्य बने  १०० लाइक । यसमा २५  लाइक बोनस आउथ्यो र यो वापत दैनिक ६२५ भारु सदस्यको खातामा आउथ्यो। नयाँ सदस्य बढाएर थप कमिसन आउथ्यो।

घरमा बसेर यसरी क्लिक गरेको भरमा पैसा आउने अवसर सुनेपछि भारतका ७ लाख जना प्रस्तावमा सहमत भए र सदस्य बने। केही समयसम्म कम्पनिको प्रस्ताव अनुसारनै उनीहरुको खातामा पैसा आइरह्यो । तर केही समयदेखि पैसा आउन रोकिएपछि सदस्यहरु उत्तर प्रदेशमा रहेको कम्पनिको कार्यालय पुगे।

प्रहरीले अनुसन्धान शुरु गर्‍यो। अनुसन्धानमा सो कम्पनिले यस्तो प्रस्ताव दिएर ७ लाख जनाबाट ३७ अर्ब उठाएर ठगि गरेको खुल्यो।
भारत उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले अहिले यसका सञ्चालक अभिनव मित्तल र उनका २ जना सहयोगिलाई पक्राउ गरेर अनुसन्धान गरिररहेको छ। प्रहरीले ३७ अर्बमध्ये ५ अर्ब रुपैंया मात्रै फेला पारेको छ।

यस्तो थियो ठगि योजना

कम्पनिमा काम गर्नेहरुले आफैं नक्कली विज्ञापन बनाएर आफ्नो साइटमा राखेर सदस्य बनेकाहरुलाई त्यसमा क्लिक गर्न लगाउँथे। उनीहरुले सदस्य बनेवापत संकलन गरेको रकम यसरी क्लिक गर्नेहरुलाई आम्दानी भन्दै बाड्थे।

प्रारम्भमा त धन्दा राम्रैसँग जमेको थियो। सदस्य संख्या बढेसँगै कम्पनिको समस्या पनि बढ्यो। कम्पनिले वाचा गरे अनुसार सबैलाई पैसा दिन सकेन। यसले सदस्यमाझ विवाद शुरु भयो र पोल खुल्यो। प्रहरीका अनुसार सो कम्पनिविरुद्ध एक लाख बढि उजुरी आएको थियो।

प्रहरी अनुसन्धानमा उनीहरुले प्रहरीलाई छक्याउन पटक-पटक नाम फेर्ने गरेको खुल्यो। न्युज१८ का अनुसार उनीहरुले प्रारम्भमा सोशलट्रेडविज नाम राखेर धन्दा शुरु गरेका थिए। लगत्ते फिरफ्रीहब डटकाम, इङ्टामाट डटकाम, थ्रीडब्ल्यू डटकामको नाममा कम्पनि खोल्दै ग्राहक बनाएका थिए।

अनुसन्धानमा उनीहरुले सात लाखलाई सदस्य बनाएर सोशल ट्रेडिंगको नाममा ३७ अर्ब ठगेको खुलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell