PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​नारायणी अस्पतालबाट जन्मिनासाथ बच्चा चोरियो : अस्पतालमा तनाव



राधेश्याम पटेल

​नारायणी अस्पतालबाट जन्मिनासाथ बच्चा चोरियो : अस्पतालमा तनाव

वीरगञ्ज :नारायणी अस्पतालबाट भर्खर जन्मिएको बच्चा चोरिएको छ। वीरगञ्ज निवासी मुकेश पासवानको बच्चा जन्मिएको ३ घण्टामै अस्पतालबाट हराएको हो। १०: ४० बच्चा जन्मिएको थियो। २ वजे एक अपरिचित महिलाले बच्चा लिएर गएकी थिइन्।


बच्चा बोक्ने महिला सहजै अस्पतालबाट निस्किएर फरार भइन्।  अस्पतालको बेडमा बच्चा नदेखेपछि आमा आशादेवीले खोज्दा कतै फेला नपरेपछि परिवारलाई जानकारी दिएकी थिइन्।

अहिले अस्पताल परिसरमा पासवान परिवारले घेराउ गरिरहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell