PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​विमानस्थलमा फेरि फेला पर्यो सुन,३३ किलो सुनको रहस्य खुलेन



पहिलोपोस्ट

​विमानस्थलमा फेरि फेला पर्यो सुन,३३ किलो सुनको रहस्य खुलेन

काठमाडौ : त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा फेरि सुन समातिएको छ। प्रहरीले नेपाली नागरिक यादवप्रसाद दाहाललाई भन्सार छलि गरेको सुन सहित पक्राउ गरेको हो।

आज फेला परेको सुनको परिमाण भने थोरै छ। विदेशमा काम गरेर फर्किएका नेपालीले लुकाएर ल्याएको सुन फेला परेको हो।  प्रहरीका अनुसार बिमानस्थलको पार्किङ एरियामा विदेशबाट आएका नेपाली यात्रुको साथबाट ४ वटा सुनको बेरुवा औंठी फेला परेको हो।

४ वटा सुनको औठीको मुल्य ४ लाख ६७ रहेको प्रहरीले जानकारी दिएको छ।

३३ किलो सुनको रहस्य खुलेन

एक महिना अगाडि विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन कसको हो ? अनुसन्धान शुरु भएको एक महिनामा पनि त्यसको रहस्य खुल्न सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन भरिया र विमानस्थलका कर्मचारीलाई पक्राउ गरेर गहन अनुसन्धान गरेको दावी गर्दै आएको छ। 

अनुसन्धान शुरु भएको एक महिना पुग्दा समेत सो सुन कसले मगाएको हो खुल्न सकेको छैन। सुनबारे प्रहरीले संगठित समूहनै संलग्न रहेको दावी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell