PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि



पहिलोपोस्ट

पोखरा : सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि पोखरा रङ्गशालामा सुरु हुँदैछ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सिर्जना विकास केन्द्रको प्रायोजन तथा नेपाल भलिबल सङ्घ कास्कीको तत्वावधानमा हुन गइरहेको सो प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ, न्यु डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस क्लब र भारतको उत्तर प्रदेश भलिबल सङ्घको सहभागिता रहनेछ।

न्यू डायमन्ड एकेडेमीको महिला र हेल्प नेपाल स्पोर्टस् क्लबको पुरुष टिम मात्र रहने छ, भने अरु सबैको पुरुष तथा महिला दुबै टिम रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। महिला र पुरुष दुवै विधामा ६/६ टोलीको सहभागिता रहनेछ।
 
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने पुरुष तथा महिला दुबै टिमले क्रमशःएक लाख ५५ हजार ५५५, ७७ हजार ७७७, ३३ हजार ३३३, मेडल, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन्।
 
त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद १० हजार तथा वेष्ट स्पाइकर, ब्लोकर, सेटर, डिफेन्स र सर्भरलाई पनि ५/५ हजार नगद पुरस्कार दिइनेछ।
 
प्रतियोगिता सञ्चालन गर्दा ३५ लाख आम्दानी र २८ लाख खर्च हुने र बचत भएको रकम पोखरा रङ्गशालाको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ। प्रतियोगिता माघ २९ गतेसम्म चल्ने छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell