PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

​सिके राउतका २१ समर्थक समातिए : राज्यविरुद्धको अपराधमा प्रमाण खोज्दै प्रहरी



पहिलोपोस्ट

​सिके राउतका २१ समर्थक समातिए : राज्यविरुद्धको अपराधमा प्रमाण खोज्दै प्रहरी

काठमाडौं : स्वतन्त्र तराईको माग गर्दै विखण्डनकारी अभियान चलाउँदै आएका सिके राउतका २१ समर्थक पक्राउ परेका छन्।
राउतको रिहाइको माग गर्दै लाहानमा प्रदर्शनमा उत्रिएका उनका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बिहीवार स्वतन्त्र मधेस गठबन्धका संयोजक राउतलाई पक्राउ गरेर १० दिन थुनामा राखी अनुसन्धान गरिरहेको छ।

सिकेविरुद्ध प्रमाण खोज्दै प्रहरी

राउतलाई प्रहरीले राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ। माघ ५ गते लाहानमा गरेको विरोध सभामा राउतले देश टुक्राउने अभिव्यक्ति दिएका थिए । प्रहरीले राउतले गरेको भाषणलाई मुख्य प्रमाण बनाएको छ।

राउतले देश विद्रोहबारे गरेको भाषणका कुरा टेप प्रहरीले संकलन गरेको छ। नायव उपरीक्षक केसीका अनुसार आइतबारबाट राउतसंग बयान शुरु हुनेछ। राज्य विरुद्धको संगठित अपराध भएकाले उनलाई सहयोग गर्ने अन्यको खोजी भईरहेको पनि प्रहरीले बताएको छ ।

सिकेबारे सम्बन्धित समाचार 

को हुन् सिके राउत?

के पूर्वराजा ज्ञानेन्द्रले विप्लव र सिके राउत भेटे? गृहमन्त्री निधि यसो भन्छन्

 राज्य विप्लव मुद्दामा सिके राउतलाई सफाइ

विखण्डनका लागि मधेसका युवामा बारुद भर्दै सिके राउत, खुल्लमखुल्ला सैन्य शैलीको अभ्यास



 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell