PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

राष्ट्रिय बहिरा क्रिकेटको उपाधिका लागि काठमाडौं र मोरङ भिड्ने



पहिलोपोस्ट

काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौं र मोरङ भिड्ने भएका छन्।

शुक्रबार भएको सेमिफाइनल खेलमा काठमाडौंले बाँकेलाई ३७ रन तथा मोरङले सुनसरीलाई ४६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

अपराजित हरँदै फाइनल पुग्ने क्रममा मोरङ समूह ए र काठमाडौं समूह बी को विजेता बनेका थिए।

पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा भएको पहिलो सेमिफाइनलमा मोरङ टस जितेर पहिले ब्याटिङर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनायो। मोरङका लागि मोहम्मद सविरले ५६ तथा अमृत तामाङले ५१ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। सुनसरीका विवेक चन्दै राई, सन्तोस नेपालले २ २ विकेट लिए।

जवाफमा १३३ रनको लक्ष्य पछ्याएको सुनसरी १७.५ ओभरमा ८६ रनमै अलआउट भयो। सुनसरीका लागि केशव न्यौपानेले २७ तथा सन्तोस झाले १८ रन बनाउनु बाहेक अनयले दोहोरो अंक छुन सकेनन्।

सुनसरीलाई अलआउट गर्न मोरङका आरिफ अनसारी र रन्जन निरौलो ३/३ विकेट लिए लालन चौधरीले २ विकेट लिए। 

यस्तै दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभमरा ७ विकेट गुमाउँदै १४८ रन बनाएको थियो। काठमाडौको लागि अजय कर्णले नटआउट ४३ रन बनाए भने संगम पाख्रिनले २० तथा रिवेश श्रेष्ठले १९ रन जोडे।

बाँकेका अन्जन राजवंशी र विजय साउदले ३/३ विकेट लिए। 

जवाफमा १४९ रनको लक्ष्य पछ्याएको बाँके पुरै २० ओभर खेल्दै ५ विकेट गुमायर १११ रन मात्र बनाउन सक्यो।

बाँकेका लागि पवन भट्टले सर्बाधिक ४१ रन बनाएपनि जितका लागि पर्याप्त रहेन। काठमाडौंका रिवेश श्रेष्ठले २ विकेट लिए।

फाइनल खेल शनिबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell