PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिमरा गोल्डकप : एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा



पहिलोपोस्ट

सिमरा : सिएमजी संकटा आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सिमरा रंगशालमा भएको खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई २-० ले पराजित गर्दै  अन्तिम चारमा पुगेको हो।

संकटालाई जित दिलाउन राजु पौडेल र सुशिल केसीले पहिलो हाफमा १/१ गोल गरे।

राजु पौडेलले ४१ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा सुशिल केसीले गोल गर्दै दोब्बर पारे। दोस्रो हाफमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछि संकटा २-० ले विजयी भयो।

संकटाले अब सेमिफाइनलमा काठमाडौंको सरस्वती युथ कलब र हेटौंडाको विजय युथ क्लबबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिता अन्तर्गत शनिबार वीरगन्ज युथ युनाइटेड र पोखराको सहारा क्लबीच प्रतिस्पर्धा हुनेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell