PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

झापा गोल्डकप : हिमालयन शेर्पामाथि सहज जित निकाल्दै झापा एघार फाइनलमा



पहिलोपोस्ट

झापा गोल्डकप : हिमालयन शेर्पामाथि सहज जित निकाल्दै झापा एघार फाइनलमा

झापा : आयोजक झापा एघार दोस्रो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। 

डोमालल रंगशालमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको जितमा कर्ण लिम्बुले २ तथा बुद्ध चेम्जोङ र खामिर गिल्सनले १/१ गोल गरे।

फाइनलसम्म पुग्ने क्रममा झापाले अहिलेसम्म गोल खाएको छैन। झापाले पहिलो खेलमा ५-० तथा क्वाटरफाइनलमा सुदूरपश्चिमाञ्चल एघारलाई ४-० ले पराजित गरेको थियो।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल नेपाल आर्मी र मनाङ मर्स्याङदी क्लबबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell