
काठमाडौं : गुमनाम सिके राउत २०७१ भदौमा पक्राउ परेसँगै चर्चामा आए। देश टुक्राउने अभियान चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेपछि सबैको चासो बढ्यो। मोरङको रंगेली सोरामांगसिंह गाविस-३ मा कार्यकर्ता प्रशिक्षण गरेर फर्किने क्रममा सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो।
मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले 'राष्ट्रिय अखण्डताविरोधी गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा राउतलाई पक्राउ गरिएको' दाबी गरेका थिए। सरकारी पक्षले गरेको दाबी अदालतमा पुष्टि हुन सकेन। असोजमा उनी मुक्त भए। अदालतबाट सफाइ पाएर मुक्त हुँदा उनको 'चार्म' बढिसकेको थियो। गुमनाम सिके 'चिरपरिचित' बनिसकेका थिए।
त्यसपछिका दिनमा कुनै न कुनै गतिविधिमार्फत सिके चर्चाको केन्द्रमै बसे। प्रहरीको विशेष ब्युरोको निरन्तर निगरानी भए पनि उनी कहिले कार्यकर्ता प्रशिक्षणमा पुग्थे त कहिले सैन्य अभ्यास भइरहेको स्थानमा अनुगमन गर्न पुग्थे। तराईका केही जिल्लामा उनले सैन्य अभ्यास क्याम्प नै चलाएको प्रमाणसहित पहिलोपोस्टले समाचार समेत प्रकाशन गरेको थियो। तर पनि राज्यको कानमा बतास लागेन।
पुस ९ गते पहिलोपोस्टसँगको कुराकानीमा गृहमन्त्री विमलेन्द्र निधिले सिकेसँग पूर्वराजा ज्ञानेन्द्रले भेटेको दाबी गरेका थिए। सिकेको गतिविधिबारे संसदमा बहस पनि चल्यो। तर उनको गतिविधि जारी नै थियो। यहीबीच उनी हिजो धनुषामा पक्राउ परे। अहिले उनी प्रहरी हिरासतमा छन्।
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए। सन् २०११ को अन्त्यतिर राजीनामा दिई उनी नेपाल फर्किएर गरेका गम्भीर गतिविधि पहिलोपोस्टले सार्वजनिक गरेको थियो। ती सामग्री पुन प्रस्तुत गरेका छौं :
नेपाल हाम्री आमा होइनन्, हाम्रो रगत चुस्ने बोक्सी हुन्
यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु- 'नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन्।'
झुटो बयान दिएर यसरी उम्किए सिके
शिक्षण अस्पताल बेड नम्बर ५०७ मा भएको संवाद
मधेस स्वराज मेरो व्यक्तिगत विचार हो। मैले स्वतन्त्र मधेसका पक्षमा व्यक्तिगत विचार व्यक्त गर्दै आइरहेको छु। राज्यसत्तालाई यो अपाच्य हुनु अस्वाभाविक होइन। तर लोकतन्त्रिक शासन व्यवस्थामा जनताले भनेका कुरा सर्वमान्य हुन्छन् भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन।
सिकेको सैन्य तालिम केन्द्र पुग्दा
तराई मधेस बन्द भएको चार महिना नाघिसक्दा पनि मधेसका लोकतान्त्रिक शक्तिहरुसँगको वार्ता सफल नहुँदा विखण्डनकारी शक्तिको दबदबा बढ्दै जाने सम्भावना देखिएको छ। तराई मधेसको विभिन्न जिल्लामा झण्डै एक महिनादेखि ‘नेपाल’ देश टुक्र्याएर ‘मधेस देश’ निर्माण गर्न तालिम सुरु भएको छ। पहिलोपोस्टले तालिम भइरहेको स्थानमा गएर भिडियो र फोटोसहित तयार पारेको एक्सक्लुसिभ रिपोर्ट।