PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

एकसाथ चार नेपाली वेब सिरिज



पहिलोपोस्ट

एकसाथ चार नेपाली वेब सिरिज

काठमाडौँ : भर्गो टिभीले चारवटा नयाँ वेब सिरिज निर्माण घोषणा गरेको छ। टिभीले विगत एक वर्षदेखि युट्युब च्यानलमार्फत विभिन्न वेब सिरिज प्रशारण गर्दै आएको छ। युट्युब र वेब टेलिभिजन मार्फत प्रशारण गरिने भिडियो सिरियललाई वेब सिरिज भनिन्छ। वेब सिरिज सबैभन्दा पहिला इन्टरनेट मार्फत सार्वजनिक हुन्छ। 

'युट्युवमा वेब सिरिजको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै केही नयाँ विषयवस्तुमा सिरिज निर्माण गर्न लागेका छौं', भर्गोका निर्देशक इरफान जामीले बताए। युवा वर्ग लक्षित हुने सिरिजहरु छोटो अन्तरवार्ता शैलीमा प्रस्तुत हुने बताइएको छ।

'युवा वर्गको चाहानालाई मध्यनजर गरी युवा वर्गमा उठेका विभिन्न जिज्ञासाहरुलाई भक्सपपको रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं', जामीले भने।
सिरिजहरुलाई नायिका तथा मोडल आरजु खरेलले प्रस्तुत गर्नेछिन्।

एकैसाथ वेबकाष्ट हुन लागेका चारवटै सिरिजको विषय यस्ता छन्:

'जस्ट चिल शो': यो विदेशीहरुलाई नेपाली वा हिन्दी फिल्मको डाइलग अथवा उखान टुक्का बोल्न
लगाइएको सिरिज हो। उनीहरुको मनोरंजन र भाषाको माध्यमले दर्शकहरुले मनोरंजन लिन पाउनेछन् ।

'हार्ट ब्रेक': युवायुवतीलाई लक्षित गरी निर्माण गरिएको छ यो सिरिजमा माया प्रेमका बास्तविक कुराहरु हुन्छन्।

'टङ ट्विस्टर': यस सिरिजमा उच्चारण गर्न कठिन शब्द र वाक्यहरुलाई जस्ताको त्यस्तै मिलाएर छोटो समयमा बोल्न पर्ने खेल खेलाइन्छ।

'दिमाग लगा दिमाग': यस सिरिजमा प्रस्तोताले सोधेको प्रश्नमा दर्शकले दिमाग लगाएर तत्कालै सही जवाफ दिनु पर्नेछ । जसबाट नयाँ नयाँ कुरा सिक्न पाइनेछ।

सबै सिरिजका लागि लेखन र निर्देशन इफरान जामीले गरेका हुन्। रुपेश थापाको छायाँकन रहने सिरिजलाई इशान कार्कीले सम्पादन गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell