PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

सञ्जय दत्तजस्तै देखिन रणवीर कपुर १३ किलो मोटाए



पहिलोपोस्ट

सञ्जय दत्तजस्तै देखिन रणवीर कपुर १३ किलो मोटाए

बलिउड नायक रणवीर कपुर मोटाएका छन्। पछिल्लो समय उनको वजन १३ किलो बढेको छ। उनी अल्छि भएर मोटाएका भने हैनन। बलिउडका अर्का नायक सञ्जय दत्तको जीवनीमाथी बन्न लागेको फिल्मका लागी उनले आफ्नो वजन बढाएका हुन्।

राजकुमार हिरानीले दत्तको जीवनीमा आधारित फिल्म बनाउन लागेका हुन्। उनले पर्दाको दत्तका लागी रणवीरलाई चयन गरेका हुन्।
दत्त जव जेलमा थिए उनको वजन बढेको थियो। दत्तझै देखिनका लागि कपुरले आफ्नो वजन बढाएका हुन्। जेलको सुटिङ् सकिएपछि उनले पुन आफ्नो वजन घटाउनुपर्नेछ।

उनलाई तौल बढाउन तालिम दिइरहेका कुणाल गिरले फस्टपोस्टलाई दिएको जानकारी अनुसार तौल बढाउन रणवीर विहान ३ वजे उठेर प्रोटिन सेक लिन्छन्। दत्तको सन् ९० झै शारिरिक आकार बनाउन उनी दैनिक डेढ घन्टा व्यायाम गर्छन्। मोटाउँदा उनको कम्मरको साइज डेढ इञ्च बढेको छ।

उनले वजन बढाउन अमिर खानले दंगलका लागि अपनाएको शैली फलो गरेका छन्। खानले दंगलका लागी आफ्नो वजन ९७ किलो पूर्‍याएका थिए। फिल्मको सुटिङ्ग सकिएपछि खानले वजज ६५ किलोमा झारेका थिए।
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell