PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

जंगली हात्तीको आक्रमणबाट ६० वर्षीय वृद्धको मुत्यु



पहिलोपोस्ट

कञ्चनपुर : जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको आज बिहान मृत्यु भएको छ।
 
भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताए।
 
उनका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो। सुनारसँगै रहेका अन्यले भने भागेर ज्यान जोगाएका थिए।
 
हात्तीको आक्रमणबाट यसअघि एकजना महिलाको मृत्यु भएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell