PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

दोस्रो नेशनवाइड बडिबिल्डिङ च्याम्पियनसिप २०७४ वैशाखमा



पहिलोपोस्ट

काठमाडौं : हिमालयन किङडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेसको आयोजनामा दोस्रो राष्ट्रिय स्तरको बडिबिल्डिङ २०७४ वैशाखमा हुने भएको छ। 

शुक्रबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाखमा च्यामिपयनसिप गर्ने जानकारी दिएको हो। तर मिति भने घोषणा भएको छैन। यसको जानकारी अर्को कार्यक्रममा दिने आयोजकले बताएको छ।

च्याम्पियनसिपमा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दियो। 

च्याम्पियनसिपमा पुरुषको विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने मेन्स फिजिक वेइट एण्ड फिटनेस क्याटेगोरी, वुमन्स बिकिनी वेइट एण्ड हाइट कयाटेगोरी र मास्टर ४० प्लस ओपन क्याटेगोरी समावेश रहने छ।

मेन्स बलिबिल्डिङमा ६ तौल समूहमा प्रतिस्पर्धा गराई र हरेक तौल समूहको विजेतालाई ओभरअल राउण्डमा प्रतिस्पर्धा गराइनेछ।

ओभरअल राउण्ड च्याम्पियनलाई सेकेण्ड नेशनवाइड च्याम्पियनसिपको उपाधि सहित नगद २ लाख प्रदान गरिनेछ। यस्तै दोस्रो देखि छैटौं हुनेलाई क्रमश १ लाख, ७५ हजार, ५० हजार ३० हजार र २० हजार दिइने आयोजकले जनाएको छ। 

यसैगरी हरेक तौल समूहमा दोस्रो र हुने र तेस्रो हुनेलाई क्रमश १५ हजार १० हजार प्रदान गरिनेछ।

अन्तराष्ट्रिय शारिरीक सुगठन तथा फिटनेश महासंघ आवद्ध रही हिमालयन किङडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेसले च्याम्पियनसिपको आयोजना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell