
काठमाडौं: कलाकार टिका पहारीले फिल्म निर्माण घोषणा गरेका छन्। आफ्नै प्रोडक्सन साउटिङ्ग माउन्टेन्सको ब्यानरमा फिल्म 'टिम' बनाउने जानकारी दिएका हुन्।
फिल्मलाई पहारीका कान्छा छोरा सुलभ पहारीले निर्देशन गर्दैछन्। फिल्म युनिट माघको अन्तिम साताबाट सुटिङका लागि फ्लोरमा जाँदैछ।
पहारी पुत्र गौरव पहारी लिड अभिनयमा रहनेछन् भने उनको अपोजिटमा रहनेछिन् मेनुका प्रधान। यसअघि गौरभ र मेनुका फिल्म गाजलुमासँगै देखिएका थिए। फिल्ममा गौरव र मेनुका प्रधानसँगै सुनिल पोखरेल, हरिहर शर्मा र युवराज लामा मुख्य भूमिकामा रहनेछन्।
फूटबल मुख्य विषय रहने सो स्पोर्ट्स ड्रामामा 'टिम' काठमाण्डौं र झापामा खिचिने जानकारी दिइएको छ।
‘टिम’को पटकथा प्रज्ञान थापाले लेखेका हुन्। यस्तै फिल्ममा संगीत एक्सेस ब्यान्ड, कालिप्रसाद बाँस्कोटा र भाष्कर स्वाँरको रहने छ।