PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

​सत्ताधारी दल राप्रपाको आरोप : सरकारले चुनावलाई ‌ओझेलमा पार्‍यो



पहिलोपोस्ट

​सत्ताधारी दल राप्रपाको आरोप : सरकारले चुनावलाई ‌ओझेलमा पार्‍यो

काठमाडौं: सत्ताको सहयोगी दल राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले चुनावलाई ‌ओझेलमा पारेको आरोप लगाएका छन्। चुनावको तयारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठको निर्णयपछि रिसाएको मधेसी मोर्चाका नेतालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखिराखेको समय पारेर थापाले ट्विट गरेर यस्तो आरोप लगाएका हुन्।
 

उनले निर्वाचन सम्बन्धी सरकारको पछिल्लो निर्णय अधुरो र बिरोधाभाषपुर्ण रहेको दावी गर्दै त्यसले चुनावको संभावना झन ओझेलमा पारेको निष्कर्ष दिँदै तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन्।

सरकारमा सहभागी रहे पनि पछिल्लो समय राप्रपाले सरकारलाई असहयोग गर्दै आएको छ। हालै भएको सार्वजनिक लेखा समितिको सभापतिको निर्वाचनमा उसले सत्ताधारी गठबन्धनको उम्मेदवारलाई भोट नहाली एमाले उम्मेदवारलाई भोट दिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell