PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मोर्चा नेता सम्झाउन बालुवाटारमा बैठक सुरु



पहिलोपोस्ट

मोर्चा नेता सम्झाउन बालुवाटारमा बैठक सुरु

काठमाडौं : निर्वाचन आयोगलाई चुनावको तयारी गर्न लिखित निर्देशन दिने सरकारको निर्णयसँगै बिच्किएका मधेसी मोर्चाका नेतालाई सम्झाउन प्रधानमन्त्री निवास बालुवाटरमा राखेको बैठक शुरु भएको छ।

बैठकमा सहभागी हुन मोर्चामा आवद्ध ७ दलमध्ये अधिकांश दलका नेता आइसकेका छन्। बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, समाजवादी फोरमका नेता अशोक राई, महेन्द्र राय लगायतका नेता सहभागी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता समेत बैठकमा सहभागी छन्।
सरकारले स्थानियतह चुनावको तयारी शुरु गरे लगत्तै मोर्चाले संविधान संशोधनको प्रस्ताव पारित नगरी निर्वाचनको मिति घोषणा गरे बहिष्कार गर्ने चेतावनी दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell