PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​हजुरआमालाई विस्कुट किन्न पठाएर वच्चा चोरी



राधेश्याम पटेल

​हजुरआमालाई विस्कुट किन्न पठाएर वच्चा चोरी

वीरगञ्ज : बच्चा हेरेर बसेकी हजुरआमालाई दुध र बिस्कुट किन्न पठाएर नारायणी अस्पतालमा जन्मिएको बच्चा चोरी भएको खुलेको छ। शुक्रबार दिउस २ वजे मुकेश पासवानको परिवारको नवजात बालक अस्पतालबाट चोरिएको थियो। अस्पतालमा १०: ४० जन्मिएको बच्चा २ वजे चोरिएको थियो।

अस्पतालमा २-३ घन्टादेखि ओहोर-दोहोर गरिरहेकी महिलाले वच्चाकी हजुर आमालाई दुख र बिस्कुट किन्न पठाएर त्यही मौकामा तीन घन्टा अगाडि जन्मिएको नवजात वच्चा चोरेर लगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रसूती वार्डकी प्रमुख विशाखा चौधरीका अनुसार बालकको आमालाई रक्तश्राव भएपछि उपचारका लागि अर्को वार्डमा लगिएको थियो। बालक उनको हजुरआमाले हेरिरहेकि थिइन्।

अस्पतालमा विरामीको कुरुवा बताउने एक महिला उनीहरु बसेको कोठामा आएर कस्तो राम्रो छोरा भन्दै काखमा लिएर खेलाउने गरेकी थिइन्। तिनै महिलाले बच्चाकी हजुरआमालाई दुख र बिस्कुट किन्न पठाइन्। हजुरआमा बाहिर गएर फर्किएर आउँदा वच्चा नदेखेपछि खोजि गरेकी थिइन्।

सोधखोज गर्दा बच्चा खेलाउने सोही महिलाले लिएर गएको खुले पनि ती महिला फेला परेकी छैनन्। जिल्ला प्रहरी कार्यालयका एसपि गोविन्दकुमार साहले बच्चाको खोजि भइरहेको तर फेला नपरेको बताए।

अस्पतालमा तनाव


बच्चा चोरी भएको विरोधमा अस्पताल परिसरमा पासवान परिवारले अवरोध पुर्‍याइरहेका छन्। उनीहरु अस्पतालको गेटमा भेला भएर टायर बालेर विरोध गरिरहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell