PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

राणा, पञ्चायत र राजा फालेको कांग्रेसले लिन्छ संविधान कार्यान्वयनको दायित्व : देउवा



पहिलोपोस्ट

राणा, पञ्चायत र राजा फालेको कांग्रेसले लिन्छ संविधान कार्यान्वयनको दायित्व : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान बनिसकेकाले कार्यान्वयन गर्नुको अर्को विकल्प नरहेको बताएका छन्।
 
नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्दै सभापति देउवाले राणा ,पञ्चायत र निरंकुश राजा फालेको कांग्रेसले संविधान कार्यान्वयनको दायित्व लिएर पूरा गर्ने भनाइ राखे। 'संविधान कार्यन्वयन गरेपछि मात्र कांग्रेसले आफ्नो दायित्व पूरा गरेको ठान्छ,' उनले भने।
 
गणतन्त्रलाई संस्थागत र कार्यान्वयन गर्न हिमाल, पहाड, तराईका जनताको भावनालाई समेट्न जरुरी रहेको भन्दै उनले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पारित गरेर सबैलाई एकसाथ लिएर हिँड्नुपर्ने आवश्यकता औंल्याए।
 
'माघभित्र ३ तहको चुनाव गर्नको लागि संविधान संशोधन जरुरी छ,' उनले भने, 'त्यसका लागि पार्टीभित्र वा बाहिर कोही पनि बाधक बन्नुहुन्न।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell