PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

हजुरबुवाको मृत्युले दीपिका पादुकोण परिवार शोकमा



पहिलोपोस्ट

हजुरबुवाको मृत्युले दीपिका पादुकोण परिवार शोकमा

अभिनेत्री दीपिका पादुकोण परिवार यति बेला शोकमा छ। टाइम्स अफ इन्डियाले जनाएअनुसार दीपिकाकी आमा उज्ज्वला पादुकोणका बुवाको निधनले परिवारलाई पिरमा पारेको हो।

दुःख देखाउने वा लुकाउने मानिसको आआफ्नै स्वभाव र छनौट हो। केही मानिसहरु आफ्नो दु:ख सार्वजनिक गर्न चाहन्छन् भने केही चाहिँ दुखद् क्षणलाई सार्वजनिक गर्न चाहँदैनन्। तिनै मध्येकी एक हुन्- बलिउडकी चर्चित नायिका दीपिका पादुकोण। दीपिकाका मामाघरका हजुरबुवा जयन्त कर्कलको यही जनवरी ३० मा निधन भएको थियो। पादुकोणले यस घडीमा मिडियाबाट पर बस्न खोजे पनि अन्तत सो शोकको खबर सार्वजनिक भएको छ।
 
दीपिकाका हजुरबुवा पेदार रोडमा बस्दै आएका थिए। मृत्युको कारण भने भारतीय मिडियाहरुले उल्लेख गरेको छैन। दीपिका केही दिन यता फिल्मी र सार्वजनिक कार्यक्रमहरुमा उपस्थित छैनन्। सायद उनी यस शोकको घडीमा आफ्नो परिवारको साथ हुन चाहन्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell