PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी छ वर्षपछि पक्राउ



पहिलोपोस्ट

राजविराज : अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा उनलाई आज पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।

मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल सञ्चालक पुनित चौधरीलाई पसल बन्द गरेर घर फर्किने क्रममा २०६७ साल माघ १३ गते राति अपहरण गरेको आरोप छ।

अपहरणपछि चौधरीका काका जयशङ्कर चौधरीले जिल्ला प्रहरी कार्यालयमा मियाँसहित अपहरण गर्ने पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

पक्राउ परेका मियाँविरुद्ध अनुसन्धान कार्य भइरेहेको र फरार अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक लोहनीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell