PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

नवजात शिशु प्रसूति वार्डबाटै चोरिएपछि नारायणी अस्पतालका ८ स्वास्थ्यकर्मी पक्राउ



राधेश्याम पटेल

नवजात शिशु प्रसूति वार्डबाटै चोरिएपछि नारायणी अस्पतालका ८ स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज : नवजात शिशु चोरीको घटना अनुसन्धानका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका ८ स्वास्थ्यकर्मी पक्राउ परेका छन्। अनुसन्धान गर्न भन्दै पर्सा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।
 
शिशु चोरीको घटनामा अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीकै हात हुन सक्ने आशंकाको अाधारमा अस्पतालका चिकित्सक, मैट्रन, स्टाफ नर्स, नर्स, अनमी, मेन्टर र सुरक्षागार्ड गरी ८ जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताए। पक्राउ गरिएका स्वास्थ्यकर्मीहरुको नाम भने गोप्य राखिएको छ।
 
 
तर शुक्रबार साँझ साढे ७ बजेको समयमा घटनाको छानबिनको लागि अस्पतालकै एम्बुलेन्समा बसाएर प्रहरीले २० जनालाई जिल्ला प्रहरी कार्यालय पर्सा लगेको प्रत्यक्षदर्शीले बताएका छन्।
 
शुक्रबार दिउँसो २ बजेको समयमा वीरगन्ज-१ छपकैयाका मुकेश पासवानकी पत्नी आशा देवीले जन्माएको शिशु (छोरा) अस्पतालबाटै चोरी  भएको थियो। अस्पतालको प्रसूति वार्डबाट एक अपरिचित महिलाले ती बालकलाई चोरेर लगेको परिवारजनले बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell