PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई



पहिलोपोस्ट

वीरगन्ज : पत्रकार एवं साहित्यकार गोपालचन्द्र गौतम (गोतामे) को स्मृतिमा स्थापित स्व. गोतामे पत्रकारिता पुरस्कार २०७३ पाल्पाका पत्रकार मेघराज शर्मालाई प्रदान गर्ने निर्णय भएको छ।
 
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले यस वर्षको स्व. गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार छैठौं संस्करण पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको सचिव केसी लामिछानेले बताए।
 
२०६८ सालमा वीरगन्जमा स्थापित  गोपालचन्द्र  गौतम प्रतिष्ठानद्वारा स्थापित यो पुरस्कारबाट यसअघि मकवानपुरका प्रताप विष्ट, विराटनगरका मोहन भण्डारी, बुटवलका डिआर घिमिरे, सप्तरीका शिवहरि भट्टराई र झापाका स्व. मदन ढकाल पुरस्कृत भइसकेका छन्। स्थापनाकालमा १० हजार राशिबाट शुरु भएको यो पुरस्कार गत वर्षदेखि आधा तोला सुनको तक्मामा परिणत गरिएको सचिव लामिछानेले जानकारी गराए।
 
फागुन २ गते स्व. गोतामेको वार्षिक पुण्यतिथिको अवसरमा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। स्व. गोतामे वीरगंजमा पत्रकारिता गरेर देशभरि नाम कमाएका थिए। उनको २०४६ सालमा निधन भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell