PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

आमाको शव बोकेर हिउँमा ३२ किमि पैदल यात्रा गरेका एक सैनिकको कारुणिक कथा



पहिलोपोस्ट

आमाको शव बोकेर हिउँमा ३२ किमि पैदल यात्रा गरेका एक सैनिकको कारुणिक कथा

भारतीय सैनिक जवान मोहम्मद अब्बास र उनका भाइले १० फिट हिउँमा आफ्नी ५५ वर्षकी आमाको लास बोकेर ३२ किलोमिटरसम्मको पैदल यात्रा गरेका छन्।

२९ जनवरीका दिन पठानकोटमा अब्बासकी आमा सकिना बेगमको मृत्यु भएको थियो। मोहम्मद अब्बास पठानकोटमा भारतीय सेनाको ड्युटीमा खटिएका थिए। उनी आफ्नी आमालाई आफूसँगै राख्ने गर्दथे।

अघिल्लो दिन अब्बास आफ्नी आमाको लास लिएर कुपवाडा जिल्लाको चौकीवालमा रहेको आफ्नो पुर्ख्यौली गाउँ करनाहको लागि हिँडेका थिए। त्यति बेला यो गाउँ भारी हिमपातका कारण अन्य गाउँबाट एक्लिएको थियो। श्रीनगर पुगेपछि अब्बास सरकारी सहयोगका निम्ति घण्टौँ कुरे। तर खराब मौसमका कारण उनकी आमाको उद्धार हुन सकेन।


अन्त्यमा उनी आफ्नो भाइसित आमाको लास लिएर श्रीनगरबाट पैदल हिँडे। त्यहाँबाट उनको गाउँ १२० किलोमिटर टाढा थियो। उनीहरुले हार नमानी ३२ किलोमिटरसम्म १० फिट गहिरो हिउँमा आमाको लास बोकेर हिँडिरहे। पछि छिमेकमा रहेका गाउँलेहरुले उनलाई सहयोग गरेका थिए। तबमात्रै उनीहरुले लासलाई गाउँसम्म पुर्‍याउन सफल भए। २ फेब्रुअरीका राति ९ बजे उनीहरुले आमाको लास लिएर गाउँ पुगे र दाहसंस्कार गरेको बिबीसी हिन्दीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell