PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

बर्सातको पानी जम्मा गरी संकट टार्न पोखरी निर्माणको आयोजना



पहिलोपोस्ट

काठमाडौँ : खानेपानी तथा ढल निकास विभागले खानेपानी समस्या समाधानका लागि बर्सातको पानी सङ्कलन आयोजना सञ्चालन गर्न लागेको छ।
 
खानेपानीको अति समस्या हुने क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई पानी खुवाउने उद्देश्यका साथ बर्सातमा परेको पानी पोखरी बनाएर सङ्कलन गर्न लागिएको हो। विभागका उपसचिव अरुणकुमार सिम्खडाले पोखरी बनाएर जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्न लागेको जानकारी दिए। 'खानेपानी अति दुःख हुने स्थानमा यो आयोजना लक्षित गरेका हौँ,' उनले भने।
 
विभागले हाल भक्तपुरको महादेवखोला र दाङको पाटुखोलामा बर्सातको पानी सङ्कलनका लागि पोखरी निर्माण गरेको छ भने अरु स्थानमा अध्ययन गरेको छ। विभागले नागरिकका घर घरमा खानेपानी पुर्‍यायाउन तराई क्षेत्रमा डिप बोरिङ तथा पहाडी क्षेत्रमा खोलाबाट मोटरमार्फत पानी तान्ने प्रक्रियालाई अगाडि बढाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell