PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

आइफोन भारतमै बन्ने, एप्पलले पायो फ्याक्ट्री खोल्ने अनुमति



पहिलोपोस्ट

आइफोन भारतमै बन्ने, एप्पलले पायो फ्याक्ट्री खोल्ने अनुमति

एप्पल कम्पनीले भारतको बैङ्ग्लोरमा फ्याक्ट्री खोल्ने भएको छ। कर्नाटक सरकारले उसलाई एप्पलका सामग्री उत्पादका लागी फ्याक्ट्री खोल्न अनुमति दिएको हो।

एप्पलले डिसेम्बरमा बैङ्ग्लोरमा फ्याक्ट्री खोल्ने अनुमति मागेको थियो। कर्नाटक सरकारका सूचना प्रविधि सम्बन्धी मन्त्री प्रियांक खड़गेले एप्पललाई फ्याक्ट्री खोल्ने अनुमति दिएको पुष्टि गरेका छन्।

उनले विज्ञप्तिमार्फत एप्पलको प्रस्तावको स्वागत गर्दै अहिलेको प्रविधियुक्त विश्वमा प्रतिस्पर्धासँगै राज्यको विकासमा समेत यसले सहयोग पुग्ने उल्लेख गरेको फस्टपोस्टले उल्लेख गरेको छ।

एप्पलका सामग्री कहिलेबाट भारतमा उत्पादन हुन्छन् भन्नेबारे उल्लेख छैन। तर आगामी जुनबाट उत्पादन सुरु हुने अनुमान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell