PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

जनयुद्धमा पनि थुप्रै तेस्रोलिंगी लडाकु थिए, तपाईंहरु खुलेर आउनुस् : बाबुराम भट्टराई



पहिलोपोस्ट

जनयुद्धमा पनि थुप्रै तेस्रोलिंगी लडाकु थिए, तपाईंहरु खुलेर आउनुस् : बाबुराम भट्टराई

काठमाडौँ : नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले जेजस्तो काम गरे पनि नयाँ ढङ्गले गर्ने बताएका छन्।
 
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सङ्गठनको प्रथम भेलामा बोल्दै उनले नयाँ शक्तिले अब तेस्रो लिङ्गीलाई प्रत्येक कार्यक्रममा लैजाने बताए। साथै उनले तेस्रो लिङ्गीलाई खुलेर आउन अनुरोध गर्दै समलिङ्गी विवाहलाई मान्यता दिन आफू लड्ने पनि प्रतिबद्धता जनाए।
 
वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा भेला भएका तेस्रो लिंगीलाई उनले भने, 'हामी गर्वसाथ लैङ्गिक अल्पसङ्ख्यक हौँ भन्ने नारा बनाउनुस्।' साथै उनले तेस्रो लिङ्गीहरुको संगठनलाई नयाँ शक्ति नेपाल पार्टीको भ्रातृ संगठन र यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन भएको बताए। उनले माओवादी जनयुद्धमा थुप्रै तेस्रो लिङ्गी लडाकु रहेको पनि खुलाए।
 
उनले भने, 'महाभारत युद्धमा शिखण्डीले थुप्रै घघडान लडाकुलाई हराएका थिए। उनी पनि तेस्रो लिङ्गी थिए। तनहुँमा मेरो मामा पनि तेस्रोलिंगी हुनुहुन्थ्यो। उहाँ पनि क्षमतावान हुनुहुन्थ्यो।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell