PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

फेरिँदै सञ्चारका माध्यम : 'इनबक्स' हाबी भएपछि जीर्ण बन्दै ‘लेटर बक्स’



पहिलोपोस्ट

फेरिँदै सञ्चारका माध्यम : 'इनबक्स' हाबी भएपछि जीर्ण बन्दै ‘लेटर बक्स’

पाल्पा : जिल्लाका सबै हुलाक कार्यालयमा रहेका ६६ वटा ‘लेटर बक्स’ जीर्ण अवस्थामा रहेका छन्।

पाल्पामा जिल्ला हुलाक १, इलाका हुलाक १३, अतिरिक्त हुलाक ५२ वटा गरी पाल्पामा कुल ६६ वटा हुलाक छन्। जिल्ला हुलाक कार्यालय पाल्पाको २०७२ पुस १७ गतेदेखि २०७३ पुस १६ गतेसम्मको वार्षिक प्रतिवेदनमा जिल्लाका अधिकांश हुलाकमा रहेका ‘लेटर बक्स’ बिग्रेको अवस्थामा रहेको उल्लेख छ।

जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख खेतबहादुर खत्रीले ‘लेटर बक्स’ लामो समयदेखि प्रयोगमा आउन नसक्दा खिया लागेको बताए। ‘लेटर बक्स’ बिग्रेपनि हाल प्रयोगमा रहेको उनको दाबी छ।
 
पाल्पा जिल्लाका अधिकांश हुलाकका ‘लेटर बक्स’ प्रयोगमा आउन नसकेको छहराका श्रीकृष्ण आत्रेय बताउँछन्। मानिसले अहिले हुलाकभन्दा पनि मोबाइलबाट सन्चो बिसन्चोको खबर आदानप्रदान गर्न थालेपछि हुलाक सेवा कमजोर बनेको उनको भनाइ छ।
 
सञ्चार प्रविधि विकासले हुलाकको महत्त्व कम भएसँगै सरकारले हुलाक सेवा चुस्त बनाउन ध्यान नदिँदा बिग्रेका लेटरसमेत मर्मत हुन नसकेका हुन्।
 
हुलाक अहिले सर्वसाधारणका चिठ्ठीपत्रभन्दा जिल्ला र राष्ट्रियस्तरका सरकारी चिठ्ठीपत्र, पत्रपत्रिका पठाउने माध्यम मात्र बनेको छ। मोबाइल र इन्टरनेट जस्ता सामाजिक सञ्जालको बढ्दो प्रयोगले हुलाक सेवा सङ्कटमा पर्न थालेको हो।
 
सूचना तथा सञ्चार मन्त्रालयले पछिल्लो समयमा हातहातमा मोबाइल, घर/घरमा इन्टरनेट विस्तारको नीति लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell