PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

ब्रोइलर चल्लाको मूल्य बढ्यो, आइतबारदेखि लागू हुने



पहिलोपोस्ट

ब्रोइलर चल्लाको मूल्य बढ्यो, आइतबारदेखि लागू हुने

रत्ननगर (चितवन) : नेपाल ह्याचरी सङ्घले ब्रोइलर चल्लाको मूल्य बढाएको छ। भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच बढाइएको हो।
 
यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ। नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताए।
 
फागुपूर्णिमालाई लक्ष्य गरी बोइलर पाल्ने किसानको सङ्ख्यामा समेत वृद्धि भएकाले माग बढेको उनको भनाइ छ। विशेषगरी फागुपूर्णिमामा तराईका जिल्लामा मासुको अत्यधिक खपत हुने गर्दछ। पछिल्लो समय बोइलर मासुमा समेत मूल्य वृद्धि भएपछि किसान यसतर्फ आर्किर्षत भएका हुन्।
 
अध्यक्ष पौडेलका अनुसार चितवन जिल्लामा मात्रै प्रतिहप्ता १५ लाख चल्ला उत्पादन हुँदै आएको छ। उत्पादनको करिब ४० प्रतिशत चितवनमा मात्रै खपत हुन्छ भने, ६० प्रतिशत देशका विभिन्न जिल्लामा जाने गर्दछ। पछिल्लो समयमा चितवनमा अण्डाको मूल्यसमेत बढ्दै आएको छ।
 
भूकम्पका बेला अस्तव्यस्त बनेको कुखुरा व्यवसाय अहिले विस्तारै फस्टाउँदै गएको अण्डा व्यवसायी शिवराम केसीको भनाइ छ।
 
नेपालमा कुखुरा व्यवसायमा झन्डै रु ७५ अर्ब लगानी भएको छ। चितवनलाई कुखुराको राजधानीको रुपमा चिनिन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell