अमला अधिकारी
ओहो ! बच्पन हराइसकेछ आँखाबाट
सब पत्ता लगाएँ मैले ऐनाबाट
झ्याल पनि बन्द छ, ढोका पनि बन्द छ
तिम्रो याद आउँछ कहाँबाट कहाँबाट
तिम्रो याद आउँछ कहाँबाट कहाँबाट
लोरी सुनाएरै बच्चा सुताउनु छ
धान बुझाइयो साहुलाई खलाबाट

दैलौमा फोटो र कोठामा सन्नाटा छोडेर
ऊ भोलि लाहुर फर्कने छ बिदाबाट
ऊ भोलि लाहुर फर्कने छ बिदाबाट
हरेक साँझमा गुँड सम्झेर फर्कन्छ
बस् ! त्यत्ति सिकोस् मान्छेले चराबाट
(अधिकारीको गजल संग्रह 'आरन' आज सार्वजनिक भएको छ। संग्रहलाई शिखा बुक्सले छापेको हो।)