PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एक दशकदेखि खेलकुद हुन नसकेको नारायणी रंगशाला पुनर्निर्माणका लागि डिपिआर सुरु



राधेश्याम पटेल

एक दशकदेखि खेलकुद हुन नसकेको नारायणी रंगशाला पुनर्निर्माणका लागि डिपिआर सुरु

वीरगन्ज : नारायणी रंगशाला वीरगन्जको पुनः निर्माणको लागि आजदेखि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) कार्य सुरु भएको छ। पर्सा क्षेत्र नं २ का सांसद बिचारीप्रसाद यादवको विशेष पहलमा काठमाडौंबाट आएका प्राविधिकहरुको टोलीले आजदेखि सो कार्य थालेको हो।
 
शुक्रबार स्थलगत निरीक्षण गरेर प्राविधिक टोलीले डिपिआर बनाउने कार्य थालनी गरेको हो।
 
देशकै नमुना खेलकुद रंगशाला आफ्नो क्षेत्रमा परेकोले यसको पुनःनिर्माण र विकासमा कटिबद्ध भएर लागेको सांसद यादवले बताए। डिपिआर पश्चात् सरकारले दिने बजेट र यसको विकासबारे थप रकम बिनियोजन गराउन सरकार समक्ष पहल गर्ने उनको भनाइ छ।
 
करिब चार महिनाको अध्ययनपछि प्राविधिक टोलीले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने र सरकारले सोही प्रतिवेदन अनुसार रंगशाला पुनःनिर्माणको लागि बजेट छुट्याउने जिल्ला खेलकुद विकास समिति पर्साका कार्यवाहक अध्यक्ष दीपक तिवारीले बताए।
 
प्राविधिक टोलीले नारायणी रंगशालाको पर्खाल, जग्गा, प्याराफिट, कबर्डहल, क्रिकेट ग्राउण्ड लगायतको ठाँउको विस्तृत अध्ययण गर्ने र सोही अनुसार मास्टर प्लान बनाई मन्त्रालयमा बजेट माग गर्ने मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजार बताउँछन्।
 
हाल पर्साको वीरगन्ज सहरमा रहेको नारायणी रंगशाला क्षेत्रको पुनःनिर्माणको अध्ययन प्रतिवेदन पूरा गर्न चार महिना समय लाग्ने प्राविधिक टोलीकी सदस्य एवं ग्रेट कन्सल्टेन्टका आर्किटिक्ट प्लानर अरुणा टन्डुकारले बताइन्।
 
नारायणी रंगशाला जीर्ण हुदाँ करिब एक दशकदेखि कुनै पनि क्षेत्रीय तथा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell