PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल वेष्ट इन्डिजसँग ४३ रनले पराजित



पहिलोपोस्ट

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल वेष्ट इन्डिजसँग ४३ रनले पराजित

काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड वर्ल्ड कप क्रिकेटमा नेपालले चौथो हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाल वेष्ट इन्डिजसँग ४३ रनले पराजित भएको हो।

२०९ रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सुनिल थापा मगरले नटआउट रहदैँ ७० रन बनाएपछि जित दलिाउन सकेनन्। 

चौथो विकेटका लागि सुनिलले लोक बहादुर थापासँग नटआउट ९१ रनको साझेदारी गरेपनि नेपालको लागि जित हात पार्न पर्याप्त भए। लोक बहादुर ३६ रनमा नटआउट रहे।

सुनिल राना मगर २५, रमेश बहादुर बलाइला ११ तथा सुनिल सुवेदी क्षेत्री ३ रन बनाएर आउट भए। 

यसअघि महाराष्ट्रस्थित एमआइसी क्रिकेट ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो।

वेष्टइन्डिजका लागि केभिन आन्द्र डगलासले ९६ रन बनाए कनिल वायेने ग्राहमले २७ तथा ओरिन फिलिप्सले २३ रन जोडे। अनय खेलाडीले भने दोहोरो अंक छुन सकेनन्। 

१० देशको सहभागी रहेको प्रतियोगितामा नेपालले आइतबार श्रीलंकासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell