PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राष्ट्रिय बहिरा क्रिकेटको उपाधि मोरङलाई



पहिलोपोस्ट

राष्ट्रिय बहिरा क्रिकेटको उपाधि मोरङलाई

काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मोरङले काठमाडौंलाई ६६ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो। मोरङका लागि मोहम्मद सविरले नटआउट ३७ रन बनाए भने सुबोध थापाले २३ तथा लालन चौधरीले २० रन जोडे।

जवाफमा १२९ रनको लक्ष्य पछ्याएको काठमाडौं १३ ओभरमा ६२ रनमै अलआउट भयो। काठमाडौंका ओपनर रिबेश श्रेष्ठले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन।

बलिङमा मोरङका लालन चौधरीले ४ विकेट लिए रन्जन निरौलाले २ विकेट लिए। प्रतियोगितामा मोरङकै लालन चौधरी म्यान अफ दी सिरिज घोषित भए। उनले प्रतियिगताभर ८० रन बनाए।

यस्तै सर्बाधिक १४ विकेट समेत लिएका लालन बेस्ट बलर चुनिए भने १३७ रन बनाएमा मोरङकै मोहम्मद सविर बेस्ट ब्याट्सम्यान घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell