PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

इरानी गर्ल बेहनाज : जसलाई बाइकले ल्यायो चर्चामा



पहिलोपोस्ट

इरानी गर्ल बेहनाज : जसलाई बाइकले ल्यायो चर्चामा

बेहनाज सफियाई अहिले चर्चामा छिन्। उनी चर्चामा आउनुको कारण हो बाइक।
हो, बाइक।
अन्य देशमा महिलाले बाइक चलाउनु वा बाइक रेसमा भाग लिनु मात्रै पक्कै चर्चाको विषय नहोला। तर सफिया त्यसको अपवाद बनिन्। उनी बाइक रेसमा भाग लिएकै कारण चर्चामा मात्रै आएनन् महिलाहरुका लागि प्रेरणा समेत बनिन्।

उनी त्यो देशकी नागरिक छिन् त्यहाँको कानुनले महिलालाई बाइक चढ्ने अनुमति दिँदैन। कसैले साहस गरे त्यो दण्डनिय काम हो। जहाँ बाइकनै चढ्न पाइदैन त्यही देशमा एक महिला बाइक रेसमा सहभागी हुँदा चर्चा त हुने नै भयो।

प्रशंग हो इरानकी २७ वर्षिया बेहनाजको। उनले इरानको तेहरान नजिकै रहेको कराजमा धुलोले भरिएको खाल्डाखुल्डी परेको बाटोमा मोटरसाइकल चलाएर रेस पुरा गरिन्। रेसमा उनी विजयी भइनन् । तर यो उनका लागी कुनै युद्ध जित्नुभन्दा कम थिएन।

किनकी इरानमा इस्लामिक कानुन सक्रिय छ जसले बेहनाज जस्ता महिलालाई बाइक चढ्ने अनुमती दिँदैन। इरानको खेल मन्त्रालयले उनलाई मोटरसाइकल चलाउन अनुमतिदिँदा बेहनाजले आफ्नै देशमा आयोजित मोटरसाइकल रेसमा भाग लिएर इतिहासको प्रारम्भ गरिन्।

रेसमा सहभागि हुन ३० महिलाले आवेदन दिएका थिए । जसमा १५ महिलाले मात्रै भाग लिए। रेसमा सहभागी सबै महिला पहिलो पटक रेसमा भाग लिँदैथिए। उनीहरुले रेसका लागि बनाइएको खाल्डाखुल्डी ट्रयाकमा मोटरसाइकल चलाउँदा त्यहाँ पुरुषलाई मोटरसाइकल चलाउने अनुमती थिएन।
प्रतियोगिताको सञ्चाल महिलाले गरेका थिए। यसको आयोजकदेखी दर्शकसम्म सबै महिला मात्रै थिए।

'भगवानले चाहे भने भविष्यमा फेरी यस्तै प्रतियोगिता हुनेछ' बेहनाजले बिबिसी हिन्दीसँग भनिन्।
इराकमा सार्वजनिक रुपमा मोटरसाइकल चलाउनु महिलाका लागी जोखिमपूर्ण छ। गत हप्ता मात्रै मोटरसाइकल चलाउको आरोपमा २ जना महिला पक्राउ परे । प्रहरीले उनीहरुमाथी अश्लिलता फैलाएको आरोप लगाएको छ। रेसमा भाग त लिइन् तर बेहनाजले पनि स्वतन्त्र रुपमा सडकमा बाइक कुदाउन भने पाउने छैनन्।

बेहनाज जव १५ वर्षकी थिइन त्यही बेला उनमा मोटरसाइकल चलाउने सनक चढ्यो। उनी परिवारका सदस्यसँग घुम्न उत्तर-पश्चिम इरान जाँदा पहिलो पटक महिलाले बाइक चलाएको देखेकी थिइन्। त्यही दृष्यले उनलाई मोटरसाइकलले मोहनी लगायो।

बेहनाज इरानको अलब्रोज प्रान्तमा हुर्किएकी हुन्। त्यहाँ उनले आफ्नो भाइहरुसँग बाइक चलाउने ट्रेनिङ् लिन सक्थिन् । एक दिन उनले साहस जुटाइन र सुनसान सडकमा बाइक हुइक्याइन। बाइक चलाउँदा कसैले नचिनोस् भनेर उनले टाउकोदेखि पैतलासम्म छोपेकी थिइन्।

'कुनै बच्चालाई यो तातो छ नछुनु भन्दा उसलाई झन् छुन मन लाग्छ, मेरो हकमा पनि उस्तै भयो,' उनले भनिन्'मेरा लागी बाइक चलाउनु सामान्यझै काम थियो तर अन्य महिला अचम्म मानेर हेर्थे जुन मेरा लागि प्रेरणा थियो।'

आखिर महिलाले किन बाइक चलाउन नपाउने ? अनुमतीका लागि उनले खेल मन्त्रालयमा अनुमतिको प्रयास गरिन्। खेल मन्त्रालयले उनलाई रेसमा सहभागी हुन अनुमति दियो। तर सर्त थियो हिजाब लगाउने।

अनुमतीका लागि उनले ३ वर्ष संघर्ष गरिन्। बाइक रेसमा महिलालाई सहभागी हुन नदिन केही पुरषले प्रयास गरे। तर उनीहरु रोकिएनन्। रेस ट्रयाक हिउँले ढाकिएको थियो। सबै महिला मिलेर ट्रयाक सफा गरे।

उनीहरुले ट्रयाकको चारैतिर टायर राखे। कुनै पनि हालतमा रेस पुरा गर्न सबै महिला कस्सिएर लागेका थिए र रेस पुरा भयो।
 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell