PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

झापा गोल्डकपको उपाधिका लागि झापा एघार र मनाङ मर्स्याङदी भिड्ने, डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो



पहिलोपोस्ट

झापा गोल्डकपको उपाधिका लागि झापा एघार र मनाङ मर्स्याङदी भिड्ने, डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो

झापा : मोफसलको सर्बाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता दोस्रो झापा गोल्डकपको उपाधिका लागि आयोजक झापा एघार र ए डिभिजन क्लब मनाङ मर्स्याङदी भिड्ने भएका छन्।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदीले डिफेन्डिङ च्यामिपयन नेपाल र्आीलाई १-० ले पराजित गर्दै आयोजक झापासाग उपाधि भिडेन्त पक्का गरेको हो।

झापा पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै फाइनल पुगेको हो।

डोमालाल रंगशालमा मनाङ मर्स्याङदीलाई आर्मी विरुद्ध जित दिलाउन बिमल लामाले ४२ औं मिनेटमा निर्णायक गोल गरे। सुमन अर्यालले दोस्रो हाफमा दोहोरो पहेँलो कार्ठ बेहोरेपछि आर्मी १० खेलाडीमा झरेको थियो।

झापा एघार र मनाङ मर्स्याङदीबीचको फाइनल खेल सोमबार हुनेछ। विजेताले मोफसलको अहिलेसम्मकै सर्बाधिक नगद राशी ७ लाख पुरस्कार प्राप्त गर्नेछ।

(फोटो : गोल नेपाल डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell