PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

जावालाखेल कप भेट्रान फुटबलको उपाधि नवलपरासीको अभिषेक चर्च क्लबलाई



पहिलोपोस्ट

जावालाखेल कप भेट्रान फुटबलको उपाधि नवलपरासीको अभिषेक चर्च क्लबलाई

काठमाडौं : नवलपरासीको अभिषेक चर्च क्लबले रुस्लान जावालाखेल कप भेट्रान फुटबलको उपाधि जितेको छ। 

शनिबार जावालाखेलको मैदानमा भएको फाइनल खेलमा पोखराको बगर भाइखलक क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्चले उपाधि जितेको हो।

निर्धारित ४० मिनेट र थप गरिएको १० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट लगाइएको हो।

पेनाल्टी सुटआउटमा बगर भाइखलका गोलरक्षक रविन शाहीले अभिषेक चर्चको सुरुवाती दुई पेनाल्टी प्रहार रोकेपनि पोखरेली टीमका खेलाडीले गोल गर्न नसक्दा पराजित हुन पुग्यो।

सुरुवाती दुई पेनाल्टी गुमाको अभिषेक चर्चका तर्फबाट पेनाल्टी सुटआउटमा चक्र पुन, रविन्द्र श्रेष्ठ र दीपक कार्कीले गोल गरे।

बगर भाइखलकका जय थापा मात्र पेनाल्टी सुटआउटमा गोल गर्न सफल भए। उसका विशाल गुरुङ र हिमाल थापाको प्रहार पोष्टमाथिबाट बाहिरियो भने डिल्लीराम श्रेष्ठको पेनाल्टी अभिषेक चर्चका गोलरक्षकले रोके।

च्याम्पियन अभिषेक चर्चले उपाधिसँगै नगद १ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बगर भाइखलकले ५० हजारमै चित्त बुझायो।
टीमलाई च्याम्पियन बनाउन नसकेपनि बगर भाइखलकका राम कुमार गुरुङ प्लेअर अफ दी टुर्नामेन्ट घोषित भए। उनले नगद १५ हजारसहित माउण्टेन फ्लाइटको टिकट प्राप्त गरे।

यस्तै बगर भाइखलककै रनि शाही बेस्ट गोलकिपर तथा हिमाल थापा बेस्ट मिडफिल्डर चुनिए भने च्याम्पियन अभिषेक चर्चका जित बहादुर पुन बेस्ट डिफेन्डर तथा चक्र पुन बेस्ट फरवार्ड घोषित भए। विधागत तर्फ उत्कृष्ट भएकाले पनि माउण्टेन फ्लाइटको टिकट प्राप्त गरेका छन्। 

विजेता टीम तथा उत्कृष्ट खेलाडीहरुलाई माननिय स्वास्थ्यमन्त्रि गगन थापा लगायतले पुरस्कार प्रदान गरे।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell