PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

नेपाल आईटीएफ जुनियर टेनिस सोमबारदेखि



पहिलोपोस्ट

काठमाडौं : अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १/२ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने पाँच दिने सर्किट १ प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ। 

सर्किट १ र २ दुवै स्पर्धामा ३२/३२ खेलाडीको सहभागिता रहने अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले जनाएक छन्। सर्किट १ का लागि २२ खेलाडी मुख्य ‘ड्र’ मा प्रवेश गरिसकेका छन् भने १० खेलाडी शनिबार र आइतबार हुने क्वालिफाइङ राउन्डबाट प्रवेश गर्ने छन्।

त्यस्तै सर्किट २ फेब्रुअरी १३ देखि १७ तारिखसम्म सातदोबाटोमै सञ्चालन हुनेछ। सर्किट २ का लागि पनि २२ खेलाडी मुख्य ‘ड्र’ का लागि छनोट भइसकेका छन् भने १० खेलाडीको चयन फेब्रुअरी ११ र १२ तारिखमा हुने क्वालिफाइङ राउन्डबाट छनोट हुनेछन्।

ब्वाइज÷गल्र्स सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, हङकङ, अमेरिका, नेदरल्यान्ड र युकेका खेलाडीको सहभागिता रहने आयोजक लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी गराए।

प्रतियोगिता सञ्चालन गर्न आईटीएफ निर्णायक भारतका प्रवीणकुमार नायक नेपाल आइसकेका छन् भने उनलाई नेपालका लेभल २ प्रशिक्षक कृष्णराज घलेले सहयोग गर्नेछन्। प्रतियोगिताको खेल अवधि र खेलाडीको सुरक्षाका लागि आयोजकले नेपाल प्रहरीसंग समन्वय गरेको आयोजकले जनाएको छ।

नेपाली टेनिसको इतिहासमा नेपालमा अन्तर्राष्ट्रियस्तरको टेनिस प्रतियोगिता हुन लागेको यो दोश्रोपटक हो। यसअघि गत वर्षको सेप्टेम्बरमा लनटेनिस संघले आईटीएफ÷एटीएफ जुनियर यु–१४ सर्किट १/२ सफलतापूर्वक आयोजना गरेको थियो। 

करिब ३ वर्षअघि सातदोबाटोमा दुई नयाँ कोर्ट निर्माण सम्पन्न गरी कोर्ट संख्या ६ पुर्‌याएप५ि नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको हो। त्यसअघि सातदोबाटोमा चार कोर्ट मात्र थियो। अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न एकै परिसरमा कम्तिमा ६ कोर्ट हुनु अनिवार्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell