PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

एमाले अध्यक्ष ओलीको मधेसका नेतालाई आरोप : सत्तामा गएर आफु र आफन्तलाई मात्र बनाए



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीको मधेसका नेतालाई आरोप : सत्तामा गएर आफु र आफन्तलाई मात्र बनाए

इटहरी : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसका नेताले सत्तामा बसेर आफू र आफ्नो नातागोता बनाउने काम मात्रं गरेको आरोप लगाएका छन्।
 
मधेसमा बस्ने धेरै नेताहरूले धेरै वर्षसम्म सत्तामा बसे पनि आफन्तलाई बनाउने काम मात्र गरेको उनले आरोप लगाएका हुन्। नयाँ संविधानले कहाँ कसलाई अप्ठ्यारो पारेको छ स्पष्टरुपमा मधेसवादी नेताहरूले खुलेर भन्न नसक्नुमा मधेस मुद्दा षड्यन्त्रको पुलिन्दा मात्र बनेको उनले बताए।

सुनसरी सदरमुकाम इनरुवामा पार्टीले आयोजना गरको जनसभालाई सम्बोधन गर्दै उनले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद तुल्याई सार्वभौमसत्ता खतरामा पार्ने कामविरुद्ध एमालेल जुनसुकै अवस्थामा कडा प्रतिवाद गर्ने बताएका थिए।

उनले सरकार स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन गराउन गम्भीर नभएको आरोप लगाए। तोकिएको समयभित्र चुनाव नभए संवैधानिक र राजनीतिक सङ्कट आउने भएकाले एमाले त्यस्तो अवस्था आउन नदिन सचेत रहेको उनले बताए।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell