
काठमाडौं : फुनसोक लामाले लुम्बिनी जेनेरल इन्सुरेन्स आमन्त्रण गल्फ टुर्नामेन्टको उपाधि जितेका छन्।
शनिबार रोएल नेपाल गल्फ क्लब आरएनजिसीमा सम्पन्न प्रतियोगितामा लामाले ४२ अंक स्कोर गर्दै उपाधि जितेका हुन्। ३८ अंक स्केर गर्दै पवित्रा कुमार कार्की उपविजेता बने।
मेजर निश्चय जंग राएमाझीले ३० अंक स्केर गर्दै ग्रोसतर्फको अवार्ड जिते।
यस्तै महिलातर्फ प्रतिमा शेर्पाले ३६ अंक स्कोर गर्दै उपाधि जितिन् भने पवित्रा थाक्थुम्बाले ३२ अंक स्केर गर्दै दोस्रो भइन्।
बिजोए मोक्तानले ३४ अंक स्कोर गर्दै सिनियर सेक्सनतर्फ विजेता भने भने मेजर जेनरल महेश बहादुर कार्की ३१ अंकका साथ दोस्रो भए।
प्रकाश गुरुङले लङगेस्ट ड्राइभको अवार्ड जिते भने बिकास समशेर जवरा राणले क्लोजेस्ट टु ली पिन र बेस्ट स्पोर्ट्सम्यानसिपको अवार्ड जिते।
लुम्बिनी जेनरन इन्सुरेनस कम्पनी लिमिटेडको १३ औं वार्षिकोत्सवको अवसरमा अयोजना भएको दुई दिने प्रतियोगितामा कूल ८० गल्फरले सहभागिता जनाएका थिए।
प्रतियोगिता स्टेबल ३/४ ह्यान्डिकयाप फर्म्याटमा खेलाइएको थियो।