PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

देउवाको दावी :तीन तहको निर्वाचन कांग्रेसको नेतृत्वमा



पहिलोपोस्ट

देउवाको दावी :तीन तहको निर्वाचन कांग्रेसको नेतृत्वमा

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहको निर्वाचन आफ्नो पार्टीको नेतृत्वमा हुने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताएका थिए।

संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताउँदै उनले भने 'कांग्रेसकै नेतृत्वमा राजनीतिक परिवर्तनका लागि भएका हालसम्मका सबै आन्दोलनले सफलता पाएका छन्, अब तीनवटै निकायको चुनाव पनि कांग्रेसकै नेतृत्वमा हुनेछ।' 

कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सङ्क्रमण छिटो अन्त्य गरी मुलुकलाई समृद्धितर्फ लैजान कांग्रेस दृढ रहेको बताए।
मुलुकलाई राजनीतिक गतिरोधबाट निकास दिन सकेसम्म स्थानीय तहको निर्वाचन आवश्यक भएको उनले बताए।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell