PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

बेमौसमा सगरमाथा चढ्न हिडे स्पेनी नागरिक : संगै हिडेका सम्पर्क अधिकृतको मृत्यु



पहिलोपोस्ट

बेमौसमा सगरमाथा चढ्न हिडे स्पेनी नागरिक : संगै हिडेका सम्पर्क अधिकृतको मृत्यु

सोलुखुम्बु : सगरमाथा आरोहणका लागि अहिलेको मौसम उपर्युक्त हैन। भारी हिमपात र मध्य चिसो चलिरहेको छ अहिले ।  यही बेमौसमा सगरमाथा पुगेर नयाँ रेकर्ड कायम गर्न भन्दै स्पेनियाली नागरिक अहिले सगरमाथाको क्याम्प ४ पुगेका छन्।

ती हुन् स्पेनका जोन एलेन्ज्ड चिकन । सेभेन समिट एक्पिडिसनमार्फत उनीसँगै गएका अर्का स्पेनिस नागरिक कार्लोस क्याम्प–३ पुगेपछि बिरामी भएर काठमाडौं फर्किइसकेका छन्।

चिसो मौसम सगरमाथा आरोहणका लागि प्रतिकूल समय हो।  भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण खतरनाक मानिन्छ ।

छोटो समयमा बेमौसममा सगरमाथा आरोहण गरी नयाँ रेकर्ड बनाउन उनी सगरमाथा आरोहणमा गएको सेभेन समिटका प्रबन्धक निमेष कार्कीले जानकारी दिए । जोनले फागुनको ३ गते सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका छन्।

क्याम्प–४ मै बसेर आफूलाई मौसम अनुकूल बनाएर सगरमाथाको दक्षिणी मोहोडाबाट शिखरमा पुग्ने उनको योजना छ । उनीसँगै सेभेन समिटबाट आएका शेर्पा सहयोगी र आइसफल डक्टरहरु लिएर उनी आधार शिविरबाट उकालो लागेका छन्। बेमौसममा आङ्किता शेर्पासहित धेरै नेपालीले सगरमाथा आरोहण गरिसकेको भन्दै जोनको आरोहण साहसिकमात्रै हुने सगरमाथा आरोही सङ्घका अध्यक्ष आङ्मायाँ शेर्पाले बताए।

उनकै लागि सरकारको सम्पर्क अधिकृतका रुपमा पुरातत्व विभागका अधिकृत पदमजङ्ग राईलाई खटाएको थियो । पुस २७ मा आधारशिविर नजिकै हाई अल्टिच्युड सिकनेसका कारण उनको मृत्यु भएको थियो ।
रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell