PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कारागारमै छुरा हानेर हत्या गरिएका राजनपत्नीको गुनासो 'श्रीमान मारे, बच्चा कसरी हुर्काउँ ?'



राधेश्याम पटेल

कारागारमै छुरा हानेर हत्या गरिएका राजनपत्नीको गुनासो 'श्रीमान मारे, बच्चा कसरी हुर्काउँ ?'

वीरगन्ज : माघ १७ गते काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगन्ज कारागारका कैदी राजन बानियाँको सुनियोजित हत्या भएको उनको परिवारले आरोप लगाएका छन्।
 
नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा उनका परिवारले पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा मृतक बानियाँकी पत्नी रजनीदेवीले गत पुस १० गते क्रिसमसका दिन छुरा प्रहार गरी घाइते बनाउने योजनामा वीरगन्ज कारागारका नाइके दुर्गा पटेल, सहनाइके विदेशी साह र जिना मियाँ संलग्न रहेको दाबी गरिन्।
 
वीर अस्पतालका चिकित्सकले उपचारको लागि अन्तै लैजान भन्दा पनि कारागार प्रशासनले चासो नदेखाउँदा बानियाको मृत्यु भएको परिवारजनको आरोप छ।
 
वीरगन्ज–१३ घडीअर्वा निवासी राजन बानियाँलाई कारागारकै अर्का कैदी पन्नालाल पण्डितले धारिलो चक्कु प्रहार गरी घाइते बनाएका थिए। चक्कु प्रहारबाट बानियाँको घाटीको नसा काटिएको थियो।
 
वीरगन्जमा उपचार सम्भव नभएपछि वीर अस्पताल पुर्‍याएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि कारागार प्रशासनको अस्पताल सुन्धारामा केही दिन राखिएको थियो।
 
त्यहाँ अस्पताल प्रशासनले उपचारको लागि प्रयास नगरेको परिवारजनको भनाइ छ। रजनीदेवीले कारागारभित्र पतिको गैरन्यायिक मृत्युमा अन्य व्यक्तिहरू स‌ंलग्रन रहेको दावी गर्दै घटनाको छानबिनको माग गरिन्।

‘मेरो पतिलाई काटेर मारे, अब यी बच्चाहरुलाई कसरी स्याहार्ने,' मृतक पत्नी रजनीले भनिन्, 'मेरो त दुनियाँ नै सक्यो।’ उनले अधिकारकर्मीसँग न्यायको लागि माग  समेत गरेकी छिन्।

पत्रकार सम्मेलनमा दोषीमाथि कडा कारबाई गरी पीडितलाई न्याय दिलाउन मृतक बानियाँका भाइ लालनबाबु बानियाले  आग्रह गरे। घटनालगत्तै वीरगन्ज कारागारले चक्कु प्रहार गर्ने कैदीबन्दी पन्नालाल पण्डितलाई भीमफेदी कारागारमा स्थानान्तरण गरेको छ। मृतक कैदीको दुई छोरा र एक छोरी गरी तीन सन्तान छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell