PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

​स्थानीय निर्वाचनका लागि रुकुममा १३ दल दर्ता



पहिलोपोस्ट

रुकुम : स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि जिल्ला १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन्। 

निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्न दिएको निर्देशनानुसार १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिए। 

दर्ता हुने दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेपाल दलित पार्टी, नेकपा (माले), नेपाल परिवार दल र नेकपा (माले समाजवादी) छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell