
प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेल दोस्रो स्थानको टोटनहम हट्सपरले मिडलस्ब्रोमाथि कठिन जित हात पार्दा लिभरपुल हल सिटीसँग पराजित भएको छ।
यस्ते रोमेलु लुकाकुले ४ गोल गरेपछि एभरटनले एउफसी बर्नमाउथ विरुद्व ६-३ को शानदार जित हात पारेको छ।
घरेलु मैदानमा भएको खेलमा टोटनहमले मिडलस्ब्रोलाई १-० ले हरायो। टोटनहमलाई ३ अंक दिलाउन ह्यारी केनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे।
जितसँगै २४ खेलबाट ५० अंक जोडेको टोटनहम दोस्रो स्थानमा यथावत छ भने शीर्ष स्थानको चेल्सीसँग अंक दुरी ९ मा झारेको छ। टोटनहमले चेल्सीसँग हारेको आर्सनल माथि पनि ३ अंकको स्पष्ट अग्रता बनाएको छ।
हल सिटीसँग २-० ले पराजित भएपछि लिभरपुलको उपाधि जित्ने सम्भावना कठिन बनेको छ। २४ खेलबाट लिभरपुलको ४६ अंक मात्र छ, जुन शीर्ष स्थानमा रहेको चेल्सी भन्दा १३ अंकले पछि हो।
हलललाई घरेलु मैदानमा जित दिलाउन अल्फ्रे एन डिए र बाये ओउमार निएसेले १-१ गोल गरे।
यता रोमेलु लुकाको ह्याट्रिकसहित ४ गोल गरेपछि एभरटनले बर्नमाउथलाई ६-३ ले पराजित गरेको छ। खेल सुरु भएको ३० सेकेण्डमै पहिलो गोल गरेका लुकाकुले २९ औं, ८३ औं र ८४ औं मिनेटमा गोल गरे। यस्तै एभरटनका लागि जेम्स म्याकार्थी र रोस बार्कले १/१ गोल गरे। बर्नमाउथका लागि जोसुअ किङले २ तथा ह्यारी आर्थरले १ गोल गरे।
जितपछि २४ खेलबाट ४० अंक जोडेको एभरटन सातौं स्थानमा यथावत छ।
लिग अन्तर्गत अनय खेलमा सण्डरल्याण्डले क्रिस्टल प्यालेसलाई ४-०, वेष्टह्याम युनाइटेडले साउथहयाम्पटनलाई ३-१, वाटफोर्डले बर्नलीलाई २-१ र वेष्टब्रोमले स्टोक सिटीलाई १-० ले पराजित गरेको छ।
२४ औं चरणको खेल अन्तर्गत आइतबार बाँकी दुई खेल हुँदैछन्। बेलुका सबा ७ बजे पाँचौं स्थानको म्यानचेष्टर सिटीले घरेलु मैदानमा स्वानसी सिटीसँग प्रतिस्पर्धा गर्नेछ भने छैटौं स्थानको म्यानचेष्टर युनाइेटडले पौने १० बजे लेस्टर सिटीसँग उसैको मैदानमा खेल्नेछ।