PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सत्तारुढ दलकै नेता सिंह भन्छन्- 'सरकारप्रति अब आशंका बढ्यो'



पहिलोपोस्ट

सत्तारुढ दलकै नेता सिंह भन्छन्- 'सरकारप्रति अब आशंका बढ्यो'

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव गर्ने प्रतिबद्धता सहित बनेको सरकार नै चुनावमा गर्न आलटाल गरिरहेको आरोप लगाएका छन्।
 
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा इकाइ समितिले आयोजना गरेको कार्यक्रमा नेता सिंहले सरकारको आलटालबाट आशंका बढेको बताए। तह र निकायको चुनाव कुनचाहिँ गर्ने भन्ने अन्योल देखाएर चुनावबाट सरकार पछि हट्न खोजेको उनको भनाइ छ। 'यदि यस्तो हो भने कांग्रेसका लागि मान्य हुँदैन,' उनले भने, 'हर हालतमा तत्काल चुनावको मिति घोषणा गर्नुपर्छ।'
 
उनले आजबाटै चुनावी तयारीमा जुट्न समेत कायकर्ताहरुलाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell